
काठमाडौँ । बुधबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष झाले सरकारले कुलमान घिसिङलाई लखेट्नका लागि अनेक प्रपञ्ज गरेको आरोप लगाएका छन्।
आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले कुलमानको कामको मूल्याकंन शून्यमा पुर्याएको जिकिर गर्दै यदि यो सरकारले उनलाई हटाए आफूहरूले हजारौं कुलमान ल्याउने चेतावनी दिएका छन्।
‘ आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले कुलमानले हामीलाई दिएको नाफा र उनको कामको मूल्यांकन शून्यमा पुर्याएको छ,’ उनले भने,’यदि सरकारले एउटा कुलमानलाई लखेटे हामी हजारौं कुलमान लिएर आउँछौं’