काठमाडौं, १८ फागुन । मानवीयता विपरित बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल भएपछि प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई कारबाही स्वरुप इन्चार्जबाट हटाइएको हो ।
महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वमा रहेका उनलाई हटाएर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो । उनको ठाउँमा प्रहरी निरिक्षक सुजित ओझालाई पठाइएको हो । उनीमाथि एसपी दुर्गा सिंह नेतृत्वको समितिले छानबीन गरिरहेको छ ।
नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादमा सहयोग गर्न महिलाहरु उनको घरमा पुगेका थिए । साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।