रक्षा सचिवको मान्छे हुँ भन्दै ठगीधन्दा : साँढे २६ लाख ठगीका कुख्यात अभियुक्त पक्राउ !

दियो पोस्ट  

काठमाडौं, १८ फागुन । रक्षा सचिवको नाम लिएर शान्ति सेनामा पठाइदिन्छु भन्दै नेपाली सेनाका सिपाहीलाई ठगी गरेको अभियोगमा उच्च अदालतबाट कैद सजाय भएका कुख्यात ठग पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी दशरथचन्द न.पा वडा नं.१ घर भएका रमेश बडु रहेका छन् । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाले पक्राउ गरेको हो ।


उनी अभियुक्त ठगी मुद्दामा उच्च अदालत पाटनको मिती २०७५।०७।१६ गतेको फैसला अनुसार २ महिना ४ दिन कैद र २,५०,०००।–(दुई लाख पचास हजार ) जरिवाना तोकेको भएपनि उनी फरार थिए ।


प्रहरीले आइतबार ललितपर जिल्लाको नख्खु क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो ।


बडुले नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भिम बहादुर भण्डारीलाई आफुले रक्षा मन्त्रालयको सचिव समेतलाई चिनेको छु, शान्ति सेनामा पठाईदिने भन्दै २ लाख ५० हजार बैकमा जम्मा गर्न लगाएका थिए ।

२०७३ सालमै प्रहरीले पक्राउ गरी मुद्दा चलाएपनि उनी भागेका थिए । उनले रािष्ट्रय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दे २ जनाबाट २४ लाख ठगी गरेको समेत खुलेको छ ।

TATA ADD