प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति माओवादीका पूर्व जनसेना !

दियो पोस्ट  

काठमाडौं, १८ फागुन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नै पूर्व लडाकुले जुत्ता प्रहार गरेको खुलाशा भएको छ ।


प्रचण्डलाई आईतबार रािष्ट्रय सभा गृहमा जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवा रहेको खुलेको छ । उनी कुनै समय माओवादीकै जनमुक्ती सेनामा सामेल रहेको समेत पाइएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गरेपछि प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिफारिस