कोरोनाभाइरसः आवश्यक परे अन्तराष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्चको निर्देशन

दियो पोस्ट  

काठमाडौँ, फागुन १९ । विश्वव्यापी रुपमा फैलिने क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रिन नदिनका लागि सर्वोच्च अदालतले आवश्यक परे अन्तराष्ट्रिय उडान नै रोक्न सरकारको नाममा आदेश जारि गरेको छ ।

सोमबार न्यायधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमण रोकथामको लागि आवश्यक परेको खण्डमा अन्तराष्ट्रिय उडान नै रोक्न सरकारलाई निर्देशन दिएको हो ।

कोरोना फैलिएको देशहरुबाट सोझै अथवा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परिक्षण नगरि प्रवेश नदिन पनि निर्देशन गरेको छ ।

कोरोनाको संक्रमण फैलिन थालेपछि अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिफारिस