
काठमाडौँ, फागुन १९ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश गर्न रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताएपछि विमानस्थल प्रवेशमा कडाई गरिएको हो ।
प्राधिकरणले सोमबार एक सुचना जारि गर्दै आफन्तजनको स्वागत तथा विदाईमा आउनेहरुलाई अत्यावश्यक भएको अवस्थामा बाहेक नआउनको लागि अपिल गरेको छ ।
‘यात्रुहरूलाई स्वागत तथा विदाइ गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो।