प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण भोली, डायलासिस सकियो

दियो पोस्ट  

काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भोली बुधबार हुने भएको छ ।

सोमबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपस्थित भएका थिए । सोमबार रातिसम्म अब्जरभेसनमा रहेका प्रधानमन्त्री ओलीको आज डायलासिस सकिएको छ ।

प्रधानमन्त्रीको उपचारमा खटिएका चिकित्सकहरुले कुन समयमा मृगौला प्रत्यारोपण गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । आज साँझ सम्म प्रत्यारोपण गर्ने समयको टुंगो लाग्ने चिकित्सकहरुले बताएका छन् ।

बुधबार शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज रातिदेखि केही पनि नखाइ बस्ने बताइएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।