काठमाडौँ, फागुन २० । सरकारले कोरोनाभाइरस प्रभावित देशका लागि नेपाली कामदारहरुलाई श्रम स्वीकृती नदिने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले नेपाली नागरिक वैदेशीक रोजगारमा जाने देशहरुमा कोरोनाको संक्रमण बढीरहेकोले नेपालीलाई कामदारको रुपमा नपठाउने तयारी थालिएको हो ।
‘अदालतले पनि कोरोना संक्रमित देशमा उडान रोक्न आदेश जारी गरिसकेको छ।
कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।
नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।