सिद्ध बाबा जेल चलान

दियो पोस्ट  

काठमाडौँ, फागुन २० । आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सिद्धबाबा भनिने कृष्णदास गिरी जेल चलान भएका छन् । मंगलबार मध्यान्ह १२ बजे जिल्ला अदालत सुनसरी पुगेर आत्मसमर्पण गरेका गिरीलाई थुनुवा पुर्जी दिएर झुम्का जेल पठाइएको हो ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।

तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए।

सिफारिस