साढे ६ किलो सुन सहित भारतीय नागरिक मकवानपुरबाट पक्राउ !

दियोपोस्ट संवाददाता

मकवानपुर, २० फागुन । फलाम भित्र लुकाएर राखिएको ६ किलो सुन सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेबाट फलाम भित्र लुकाएर ल्याइएको अवस्थामा ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिलिग्राम सुन सहित एक भारतीय नागरिक पक्राउ परेका हुन् ।

मंगलबार विहान रातोमाटे स्थित चेकपोष्टमा काठमाण्डौबाट बिरगँज तर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा भारत कर्नाटक राज्य घर भएका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका अभियुक्तबाट अनेकलले बोकेको कालो झोलाबाट मोटर पार्टस भित्र जडान हुने फलामको ब्यरिङ जस्तो देख्ने ४ थान ,फलामको पास्ताको ब्यरिङ २ थान र फलामको मिट ब्यरिङ २ थान गरी जम्मा ८ थान फललामको पार्टहरु बरामद गरेको छ ।

बरामद गरिएको समानहरु काटी हेर्दा सो ८ थान फलामको पार्ट भित्र चार करोड सताईस लाख अन्ठाउन्न हजार सात सय चौहतर रुपैयाँ बराबरको ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुन रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस