काठमाडौँ, फागुन २० । अर्थमन्त्री युवराज खतिवडाको राजिनामा स्वीकृत भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थ मन्त्री खतिवडाको राजिनामा स्वीकृत गरेकी हुन् ।
खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल मंगलबार सक्किएपछि उनले मन्त्री पदबाट राजिनामा दिएका हुन् ।
राष्ट्रपति कार्यलयबाट जािर गरिएको विज्ञप्तीका अनुसार खतिवडाले सम्हाल्दै आएको अर्थ मन्त्रालय र संचार तथा सुचना प्रविधि मन्त्रालय अब प्रधानमन्त्रीले सम्हाल्ने छन् ।
राजिनामा गरेपनि उनलाई पुनः मन्त्रीमा नियुक्त गर्ने सरकारको तयारी रहेको छ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।
धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
उनलाई भोली नै पुन मन्त्री पदमा नियुक्त गरि सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

ट्रेन्डिङ खबर उपलब्ध छैन।