काठमाडौँ, फागुन २० । राष्ट्रिय सभाका १८ सांसदलाई बिदाई गरिएको छ । मंगलबार राष्ट्रिय सभाको सांसद पदको पदावधी समाप्त भएपछि उनिहरुलाई विदाई गरिएको हो । बिदाई भएका सांसदहरुले राष्ट्रिय सभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिए ।
मंगलबार राष्ट्रिय सभामा अन्तिम मन्तब्य राख्दै विदाई भएका सांसदहरुले जनताको सवालमा खरो रुपमा उत्रिन, भ्रष्टाचार न्युनिकरण गरि सुशासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरेका छन् ।
अध्यक्ष गणेश तिमल्सिनाले २ बर्षे कार्यकाल कायम भएका सांसदहरुले पुर्याएको योगदानको कदर गर्दै उनिहरुप्रति आभार प्रकट गरे ।
सांसद कोमल ओलीले भने अन्य सांसदहरुको विदाईमा कबिता नै सुनाएकी थिईन् । उनको कविता यस्तो छ ।
समय छिटै बितेजस्तो लाग्छ,
वास्तवमा समय बित्दैन‚
समयले हामीलाई बिताउँछ
हो, हामी बितिरह्यौं, सयमको भ्रममा‚
समयका क्रममा होइन, समयको भ्रममा‚
यो राष्ट्र रंग्याउने कयौं रंग थपेर बितेका छौं‚
या राष्ट्र हसाउने कयौं हिसी फुलाएर बितेका छौं‚
एउटै आकांक्षा बोकेका हामी‚
एउटै प्रतिबद्धता लिएका हामी‚
हामी राष्ट्र विकासका अथकित अभियान्ता
हामी जहाँ रहन्छौं, राष्ट्र काँधमा बोकेर रहन्छौं
प्राविधिक जोड घटाउ यो व्यवस्थामा
यतिबेला समयसिमाले बिदा गर्दैछ
यसले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन
हृदयमा राष्ट्र बोकेका हामी
देश दुख्दा हामी सधैं दुख्नेछौं
देश निर्माण हाम्रो जीवन पर्यत्नको अभियान हुनेछ
त्यसैले देशका नाममा सधैं साथमा रहनेछौं
साथीहरु यो प्राविधिक जोड घटाउको बिदाइ
हाम्रा लागि सानो धृष्टतामात्र बन्नेछ
ट्रेन्डिङ खबर उपलब्ध छैन।