कैलालीका नेकपा सांसद अक्कल रावल बलात्कार आरोपमा पक्राउ

दियो पोस्ट  

काठमाडौँ, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सांसद अक्कल रावल पक्राउ परेका छन् । कैलालीबाट निर्वाचित सांसद रावल बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

गत फागुन १४ मा स्थानीय एक महिलाले आफुमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले सांसद रावलविरुद्ध पक्राउ पुर्जी जारि गरेको थियो । पक्राउ पुर्जी जारि भएपछि उनि आफै प्रहरी कार्यलय उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।

उनिमाथि लगाइएको आरोपमाथि छानविन गर्नका लागि रावललाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । सांसद रावलले भने आफुमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । उनले आफु आरोपका सामना गर्न तयार भएको र अनुसन्धानमा सहयोग पुर्याउने बताएका छन् ।