मकवानपुरमा बस दुर्घटनाः ३ को मृत्यु, २९ जना घाइते

दियो पोस्ट  

हेटौंडा, फागुन २१ । मकवानपुरको गौरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

जन्ती बोकेर मकवानुर गढीबाट सुकौैराको सातकन्या तर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस ब्रेक फेल भएर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक सबै पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

सिफारिस