दोलखामा १३ बर्षीया बालिकाद्धारा आत्महत्याको प्रयास, स्थानीयले देखेपछि जीवीत उद्धार !

दियो पोस्ट  

उद्धव बिक

दोलखा, फागुन २२ । दोलखाको बिगु गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाट एक बालिकालाई उद्धार गरिएको छ । साबिकको ओराङ गाविसको चामटाङ भन्ने स्थानबाट आत्महत्या गर्न लागेकी १३ बर्षीया बालिका कुमारी मगरलाई उद्धार गरिएको हो ।

दाउरा लिन गएकी बालिकाले आफैले लगेको नाम्लोको पासो लगाएर आत्महत्या गर्नै लाग्दा स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिंगटीबाट तत्काल प्रहरी पुगी बालिकाको जीवीत उद्धार गरेको थियो ।

उद्धार गरेपछि बालिकालाई रोल्वालिङ सामुदायिक अस्पताल सिङगटीमा सामान्य उपचार गरिएको थियो । अवस्था गम्भिर भएपछि गाउँपालिकाकै एम्बुलेन्समा राखि बालिकालाई काठमाडौँको बासबारी स्थित न्यूरो अस्पताल ल्याइएको छ ।

अचेत अवस्थामा ल्याइएको बालिका मगरको अझै होस नखुलेको उनका आफन्तहरुले बताएका छन् ।

उनले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । आफन्तकोमा बस्दै आएकी कुमारीले घरायसी तनाव सहन नसकेको कारण आत्महत्याको प्रयास गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक सुनजित तामाङले बताएका छन् ।

सिफारिस