होलीमा भीडभाडसहितको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलय काठमाडौँको अनुरोध

दियो पोस्ट  

काठमाडौँ, फागुन २२ । जिल्ला प्रशासन कार्यलय काठमाडौँले होलीमा सावज्निक कार्यक्रम र भीडभाड नगर्न अनुरोध गरेको छ । बिहीबार एक सुचना जारि गर्दै कोरोना भाइरसको संसार भरि नै फैलिरहेको कारण यसबाट जोगिनका लागि भीडभाड र सार्वजनिक कार्यक्रमहरु नगर्न अनुरोध गरेको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको भन्र्द सतर्कता अपनाउनु आह्वान गरेको थियो । त्यसलगत्तै काठमाडौँ जिल्ला प्रशासन कार्यलयले समेत सतर्क रहन अनुरोध गरेको हो । प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बुढाले जारि गरेको सुचनामा भनिएको छ,‘‘ अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, ९होलीलगायत० का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’

सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।