काठमाडौँ, फागुन २२ । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट स्थगित हुने भएको छ ।
आगामी चैत्र १ गतेदेखि शुरु हुन लागेको इपिएल क्रिकेट कोरोनाभाइरसकै कारण रोकिएको हो ।
इपिएलको यो सिजनमा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त खेलाडीहरु नेपाल आउने तयारी थियो । तर, कोरोनाभाइरस विश्वमा फैलिएपछि आयोजकले प्रतियोगिता नै स्थगित गर्ने निर्णय गरेको हो ।
खेलाडी र क्रिकेट फ्यानहरुको सुरक्षाको लागि नै तोकिएको समयमा प्रतियोगिता नगर्ने निर्णयमा पुगेको इपिएल प्रालिले जनाएको छ ।