कोरोनाभाइरसको कारण वेलायतमा १ जनाको मृत्यु, १ सय १६ जना संक्रमित

दियो पोस्ट  

काठमाडौँ , फागुन २३ । कोरोना भाइरसको कारण वेलायतमा पनि एक जनाको मृत्यु भएको छ । टेलीग्राफका अनुसार कोरोनाभाइरसको कारण वेलायतमा एक महिलाको ज्यान गएको हो ।

गत साता अस्पताल भर्ना भएकी उक्त महिलाको बिहीबार निधन भएको संचारमाध्यमहरुले जनाएका छन् । यससँगै वेलायतमा पनि कोरोनाभाइरसबाट ज्यान जाने क्रम शुरु भएको छ ।

वेलायती स्वास्थ्य विभागका अनुसार बिहीबार सम्म १ सय १६ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमण फैलिन थालेपछि वेलायती सरकारले मानिसहरुलाई अत्यावश्यक काम परेको बाहेक अन्य अवस्थामा घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोनाभाइरसकै कारण आगामी मार्च १४ मा इटालीबिरुद्ध हुन लागेको रग्बी खेल समेत स्थगित भएको छ ।

कोरोनालाई नियन्त्रण गर्नका लागि मानिसहरुको दैनिक क्रियाकलापमा सतर्क रहन वेलायती सरकारले उर्दी जारि गरेको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।