अस्पतालको वेडबाट प्रधानमन्त्रीले भने– ‘मेरो स्वास्थ्यमा तीब्र सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु’

दियो पोस्ट  

काठमाडौँ, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र सुधार भएको बताएका छन् । मिर्गौला प्रत्यारोपण पछि अस्पतालको वेडमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाल संग कुराकानी गरेका हुन् ।

कुराकानीमा आफ्नो स्वास्थ्यमा तीब्र सुधार आएको र चाँडै काममा फर्किने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् । परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन ।

प्रधानमन्त्री ओलीको बुधबार मृर्गौला प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।