प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छः काँग्रेस सांसद चौधरी

दियो पोस्ट  

काठमाडौँ, फागुन २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा वैठकको सुन्ने समयमा बोल्दै सांसद चौधरीले प्रधानमन्त्रीले नैतिकताको आधारमा पदबाट राजिनामा गर्नुपर्ने बताएका हुन् ।

भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको कारण प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने उनले बताए । मिर्गौला प्रत्यारोपणको प्रसँगलाई जोड्दै सांसद चौधरीले शरिरको अंगले काम गर्न नसकेपछि फेर्न मिल्ने भएजस्तै देशको लागि काम नलाग्ने मान्छे पनि फेर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले आफ्ना आसेपासेलाई भने भ्रष्टाचारमा मुछिँदा समेत कारवाही गर्न नसकेको बताए ।

चिनबाट भित्रिएको कोरोनाभाइरस भन्दा पनि देशमै व्याप्त भ्रष्टाचारको प्रकोप निकै खतरनाक रहेको बताउँदै सांसद चौधरीले यसको निराकरण हुन नसके देशमा ठुलोे महामारी फैलिने बताए ।