प्रधानमन्त्रीलाई मृगौला दिने समिक्षाको प्रश्न– ‘म त ठिक छु, मामालाई कस्तो छ ?’

दियोपोस्ट संवाददाता

काठमाडौैँ, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौला ज्ञवालीले आफ्नो भन्दा मामाको चिन्ता व्यक्त गरेकी छिन् । आइतबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीकी भाञ्जी समिक्षासँग भेट गरेका थिए ।

भेटमा समिक्षाले आफ्नो मामा पर्ने प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे प्रश्न गरेको रिमालले बताएका छन् । उनले आफ्नो स्वास्थ्यस्थित सामान्य रहेको बताउँदै मामालाई भेट्न इच्छा गरेकी थिईन् ।

सामाजिक संजाल ट्वीटरमा रिमालले लेखेका छन्, ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें(कस्तो छरु मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छरुएकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने– तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।’

सम्बन्धित खबर

सिफारिस