क्लीन काष्ठमण्डप अभियानः पशुपतीमा झाडु लगाउँदै पुर्वयुवराज पारस शाह !

दियो पोस्ट  

काठमाडौँ, फागुन २५ । पुर्वयुवराज पारस शाहले पशुपती क्षेत्रमा सरसफाई गर्दै गरेको तस्वीर यतिबेला भाइरल बनेको छ ।

शनिबार केपी खनाल नेतृत्वको टोलीले आयोजना गरेको पशुपती सरसफाई कार्यक्रममा पुर्व युवराज पारस शाह समेत उपस्थित भएका थिए । उनि कार्यक्रममा उपस्थित मात्र भएनन्, झाडु बोकेर सफाइमा पनि लागे ।

क्लीन काष्ठमण्डप अभियानले गरेको उक्त सफाई कार्यक्रममा दर्जनौँ युवाहरु उपस्थित भएका थिए । पुर्व युवराज पारस शाह नै उपस्थित भएपछि भने माहोल बढी नै तात्तिएको थियो ।

सरसफाई शुरु हुनु भन्दा केही समयअघि केपी खनालले छोटो मन्तव्य राखेका थिए । उनले सरसफाई कार्यक्रममा उपस्थित भएकोमा पुर्वयुवराज पारस शाहलाई धन्यवाद दिए साथै पुर्वयुवराज जस्तो व्यक्तिलाई सडकमा ल्याउनु लाज भएको समेत बताए ।

तस्वीर केपी खनालको ट्वीटरबाट

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।