कोरोनाको त्रासमा नपर्नुहोस् : टेकुमा ४ सय ३९ जनालाई परिक्षण गर्दा कसैलाई देखिएन कोरोना !

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ फागुन । विश्वभर कोरोना भइरसको त्रास छ । नेपालमा कोरोनाको त्रासबाट सर्वसाधरण घरबाट बाहिर निष्कन नहुने, सभा सम्मेलनमा समेत जान नहुने उदीै जारी गरिरहेको छ । तर, नेपालमा हालसम्म ४ सय ३९ जनालाई नोबेल कोरोना भाइरसको आशंकामा परिक्षण गर्दा कसैलाई पनि पोजिटिभ नआएको पाइएको छ ।


यो तथ्यले हल्लाको भरमा त्रासमा पर्न नहुने देखाउँछ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हल्लाको पछि लाग्नु भन्दा तथ्यमा ध्यान दिन सर्वसाधरणलाई अपिल गरेकी छिन् ।


‘अहिलेसम्म त्रसित हुनुपर्ने वातावरण छैन । अहिलेसम्म ठ्याक्कै कोरोनाकै लक्षणका कसैलाई देखिएको छैन । हामीले ४ सय ३९ जनालाई परिक्षण गरिसकेका छौँ, तर एउटालाई पनि देखिएको छैन,’ झाले भनिन्,‘हामीले एकै पटक दुई वटा जिनको परिक्षण गरेका छौँ । तर देखिएको छैन । नियमित फलो पनि गरिराखेका छौँ ।’

नेपालमा कोरोना परिक्षणको लागि आवश्यक किट समेत अभाव रहेको जनगुनासो छ । तर, झा भने आफूहरुसँग परिक्षणको लागि आवश्यक किट रहेको दाबी गर्छिन् ।


‘किट छ भनेर जथाभावि परिक्षण गर्ने कुरा भएन । साह्रै महँगो र निकै समय परिश्रम लाग्ने कुराहरु हुन् । एकदम विकसित देशहरुले पनि सबैलाई परिक्षण गर्दैन । अमेरिका सिंगापुरले पनि सबैलाई परिक्षण गर्दैन,’ उनले भनिन्,‘मापदण्ड पुरा गरेको व्यक्तिहरुलाई मात्रै परिक्षण गर्छौं । यहाँ त मान्छे डराएर मलाई टेष्ट गरिदिनुस् की मलाई टेष्ट गरिदिनुस् भन्दै आउन थालेका छन् । त्यसरी टेष्ट गर्न मिल्दैन । पहिला त मान्छे आइसोलेशनमा हुनुपर्छ । कोरोनाको लक्षणहरु देखिनुपर्छ ।’


झाका अनुसार टेकु अस्पतालमा भर्ना भएका विरामीलाई समेत फलोअप गरिरहँदा कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । विरामीको आफन्तलाई समेत परिक्षण गर्दा कोरोनाको कुनै आशंका नदिएको उनी बताउँछिन् ।


‘चीनको वुहानबाट ल्याइएकाहरुको पनि ल मानौँ पहिलो रिपोर्ट नेगेटिभ आउनसक्छ । हामीले १५ दिनसम्म निरन्तर परिक्षण गर्दा पनि कोरोना देखिएन,’ झाले दियोपोस्टसँग भनिन्,‘अहिलेसम्म छैन भनेर मानेका छौं तर बाँच्नु त राम्रो कुरा हो । आज छैन भोली हुँदैन भन्न सकिँदैन । एउटा केश भयो भने त्यसले लहरै बढाउँदै जान्छ । त्यसले गर्दा जतिसक्दो सावधानी अपनाउनु राम्रो कुरा हो ।’

सम्बन्धित खबर

सिफारिस