जलेश्वर स्वछन्द बिकोई प्रालिका संचालक मनोज भेटवालद्धारा प्रहरीमा आत्मसमर्पण

दियो पोस्ट  

काठमाडौँ, फागुन २७ । जलेश्वर स्वछन्द बिकोई बिल्डर्स प्रालिका संचालक मनोज भेटवालले प्रहरीमा आत्मसमर्पण गरेका छन् । ७५ लाख १० हजारको चेक बाउन्स मुद्धामा फरार रहेका भेटवालले मंगलबार महानगरिय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।

भेटवालमाथि चेक बाउन्सको उजुरी परेपछि फरार रहेका थिए । प्रहरीका अनुसार उनि भागेर भारत गएका थिए । मंगलबार भारतबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आई त्यहाँबाट महानगरिय प्रहरी परिसर टेकु पुगि आत्मसर्पण गरेका थिए ।

उनलाई आज नै बैँकिङ कसुरमा पक्राउ पुर्जी जारि गरि अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

भेटवालले संचालन गरेका जलेश्वर स्वछन्द बिकोई बिल्डर्स प्रालिले काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्ने ठेक्का पाएको छ । भ्यू टावर निर्माणमा समेत अवैध हुण्डीमार्फत संकलित भएको रकम प्रयोग गरिएको भन्दै राजस्व अनुसन्धान विभागले गत साउनमा भेटवाल सहित ४ जना बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

यो पनि

खुल्लामञ्च कब्जा गर्ने मनोज भेटवालका गुरु कांग्रेस नेता प्रकाशमान सिंह रहेको खुलासा १