प्रधानमन्त्री सामान्य अवस्थामा फर्किन कम्तिमा ६ महिना देखि १ बर्ष लाग्ने

दियो पोस्ट  

काठमाडौँ, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मानिसरह हुनका लागि कम्तिमा पनि ६ महिना लाग्ने उनका निजि चिकित्सक डा. दिव्यासिंह शाहले बताएकी छिन् । मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिनका लागि त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. राणाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको बताएकी हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भएपनि आफुहरु कनफर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज नदिने बताएकी छिन् । प्रधानमन्त्रीले डिस्चार्जको लागि अनुरोध गरेको भएतापनी परिवारले भने केही समय अस्पतालमै राखेर निगरानी गर्न अनुरोध गरेका छन् ।

डा. राणाका अनुसार प्रधानमन्त्री ओलीलाई दुईतिन दिनभित्रमा डिस्चार्ज गर्न सकिने छ । डिस्चार्ज गर्ने समयमा जानकारी गराउने समेत उनले बताएकी छिन् । डिस्चार्ज गर्न सकिने अवस्था रहेपनि भीडभाडमा जान नहुने भएकोले केही दिन अस्पतालमै राख्न खोजिएको डा. राणाले बताइन् ।

‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’

पहिलो पटक १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।