कोरोनाको कहरः इरानमा एकैदिन ५४ जनाको मृत्यु , ८ सय ८१ जना नयाँ संक्रमित

कोरोनाको कहरः इरानमा एकैदिन ५४ जनाको मृत्यु , ८ सय ८१ जना नयाँ संक्रमित

काठमाडौँ, फागुन २८ । कोरोनाभाइरसको कारण इरानमा एकैदिनमा ५४ जनाले ज्यान गुमाएका छन् । योसहित इरानमा कोरोनाभाइरसको कारण ज्यान गुमाउनेको संख्या २ सय ९१ जना पुगेको छ ।

इरानी अधिकारीहरुका अनुसार कोरोनाको संक्रमणबाट यतिठुलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना हो ।

इरानमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समाय ८ सय ८१ जनामा कोरोनाभाइरसले संक्रमण गरेको पुष्टि भएको छ । इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ।

यसबीच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको बताए।

कोरोनाको सङ्क्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन्।

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

Trending News