काठमाडौँ, फागुन २८ । पुर्व संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको घरबाहिर विप्लव समुहको पर्चा भेटिएको छ ।
बुधबार बिहानै भक्तपुरको लोकन्थलीमा बास्कोटाको निर्माणाधिन घरमा बम बिस्फोट भएको थियो । बिस्फोट लगत्तै घटनास्थल पुगेको प्रहरीले सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटेको बताएको छ ।

बिस्फोटबाट घरको पर्खाल भत्किएको छ भने सिसाहरुमा क्षति पुगेको छ । त्यस्तै मारुती भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
एकाबिहानै भयानक विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।
प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।