बाँस्कोटाको घरमा विप्लवले बम पड्काउनुको कारण– ७० करोड काण्ड र अर्बौँको घोटाला !

दियो पोस्ट  

काठमाडौँ, फागुन २८ । पुर्वसंचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । बम बिस्फोट भएको स्थलमा नेकपाको पर्चा भेटिएको छ । पर्चामा बास्कोटाको घरमा बम पड्काउनुको दश कारण खुलाइएको छ ।

पर्चामा बास्कोटाले सरकारी जिम्मेवारीमा बसेर चरम भ्रष्टाचार गरेको कारण कारवाही गरिएको उल्लेख गरिएको छ । पछिल्लो समय सार्वजनिक भएको ७० करोड बार्गेनिङ प्रकरण समेत मुख्य कारण रहेको उक्त पर्चामा उल्लेख गरिएको छ ।

विप्लवले किन पड्कायो बाँस्कोटाको घरमा बम ?

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले । २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

२. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

३. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

४. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

५. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

६. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

७. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

८. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल

९. पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।