काठमाडौँ, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी गर्नुअगाडी कम्पनीको अवस्था बुझ्न आग्रह गरेका छन् ।
बिहीबार संघि संसदको वैठकमा सांसदहरुले धितोपत्र उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले शेयरबजारको परिसुचकमा पछिल्लो पटक केही उथलपुथल आएको कारण कम्पनीको अवस्था, नीति, नियम र विधिलाई बुझेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका हुन् । पछिल्लो समय विश्वव्यापी बन्दै गएको कोरोनाभाइरसको कारणले पनि पुँजीबजारमा उथलपुथल भएको अर्थमन्त्रीले बताएका छन् ।
उनले शेयर बजारलाई पुँजीपतीले सेयर कारोबार गर्ने थलोको रुपमा मात्रै बुझ्न नहुने समेत बताएका छन् । सरकारले गरेका नीतिगत सुधारले पुँजी बजारसम्म जनताको पहुँच स्थापित गरेको बताउँदै अर्थमन्त्री खतिवडाले सरकारले गरेको नीतिगत सुधारले थोरै थोरै सेयर हाल्न चाहनेका लागि सेयरमा लगानी गर्ने अवसर मिलेको बताए ।
मन्त्री खतिवडाले नियमनकारी निकायलाई बजारको सिद्धान्तअनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक र कानुनसम्मत सञ्चालन गराउने गरी अधिकार दिइएको उल्लेख गरे। उनले नियमनकारी निकायले प्रणाली नियन्त्रण गर्ने नभइ नियमन मात्रै गर्ने बताए।
ट्रेन्डिङ खबर उपलब्ध छैन।