प्रचण्डको भारतलाई चेतावनी, ‘हाम्रो आन्तरिक मामिलामा जथाभावी टिप्पणी गरेर नहेप्नुस्’

दियो पोस्ट  

ललिपुर, १९ चैत्र । एमाओवादीका पुष्पकमल दाहालले नेपाललाई नेहेप्न भारतलाई चेतावानी दिएका छन् । संविधान अपुरो रहेको भनेर आन्तरिक मामिलामाथि जथाभावी टिप्पणी गरी नेपाललाई नहेप्न भारतलाई चेतावनी उनले चेतावानी दिएका हुन् ।

शुक्रबार निर्मल लामा स्मृति प्रतिष्ठानले ललितपुरमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रचण्डले भारत र अन्य अन्र्तराष्ट्रिय समुदायको हेपाइ नेपाललाई कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

मधेसी दलको असन्तुष्टि आन्तरिक मामिला भएको भन्दै उनले भारत र युरोपियन युनियनलाई संविधानको बारेमा जथाभावी रुपमा बक्तव्यवाजी गर्ने अधिकार नभएको बताए ।

यद्धपी उनले भारत र युरोपियन युनियनको सम्मेलनले थाँती विषय सम्बोधन गरेर संविधानलाई दिगो बनाउन दिएको सुझावलाई नेपालले गम्भिरतापूर्वक लिएको भन्दै दबाबका सामु भने कुनै पनि हालतमा नुझुक्ने बरु संघर्षमा उत्रने बताए ।
आफ्नो आन्तरिक मामिला समाधानका लागि नेपाल सक्षम रहेको बताउँदै उनले संविधान कुनै धार्मिक ग्रन्थजस्तो अपरिवर्तनीय नभएकाले मधेशवादी दलहरुले उठाएको प्रदेशको सीमांकन हेरफेरको माग दलहरुबीच छलफल गरेर सम्बोधन गर्न सकिने बताए।
प्रचण्डले संविधानमा कुन विषय समावेश गर्ने भन्ने विषयमा अन्र्तराष्ट्रिय समुदायले सिफारिस गर्न आवश्यक नरहेको बताए । संसारमा कसैले भनेको कुरा हुबहु लागु नहुने उनको भनाई थियो ।

सम्बन्धित खबर