‘५ पटकसम्म बाबुको मृत्युको खबर सुनेँ’

दियो पोस्ट  

विजया २ वर्षकी हुँदा उनका बाबु माओवादी जनयुद्धमा लागे । उनले आफ्नै बुवालाई चिन्दिन थिइन् । जब उनलाई आफ्नो बाबुसँग भेटाइयो, मामा भनेर चिनाइयो । बाबु भनेर चिनाउँदा सेना र प्रहरीबाट खतरा थियो । उनले सुदुरपश्चिमका जनवादी विद्यालयमा पढिन्, जुन स्कुल युद्धकालमा माओवादीले सञ्चालन गरेको थियो । उनले राजाको गुणगान गाउने पाठको साटो माक्र्स, एंगेल्स र स्टालिनलाई पढिन् । उनकी आमाको मृगौला ट्राम्सप्लान्ट गरियो । उनै विजयाले आमालाई मृगौला दिइन् तर आमाको शरिरले रिफ्यूज गरिदियो ।  दियोपोस्टका कृष्ण गिरीसँग यसरी सुनाईन विजयाले आफ्नो कथा :

 

बाबुको टाउकोको मोल

बुवाको टाउकोको मूल्य ५० हजार तोकिएको थियो । ममी र बुवासँग हाम्रो राम्रोसँग भेटघाट पनि थिएन । युद्धको बेला । म २ वर्षकी थिएँ । बुवा विदामा आउनुहुन्थ्यो । तर हामीले बुवा भनेर चिन्न पाउँदैन थियौं । हामी बुवालाई मामा भन्थ्यौं । ‘मामाहरू आउनुहुन्थ्यो, बेलुकी बस्नुहुन्नथ्यो भोली पल्ट विहानै जानुहुन्थ्यो ।
युद्धकालमै बुवा (दलजीत श्रीपाइली, ‘पसान्त’ तत्कालिन सैन्य कमाण्डर हाल उनी सांसद छन् ।) सुदुर पश्चिम आउनुभएपछि ममिले धेरै दुःख भोग्नुभयो । बहिनीहरू पनि जनयुद्धकालमै जन्मिए । उनीहरूले पनि बुवालाई चिन्दैनथे ।
बुवा सहिद भएको पहिलो खबर..
५६ साल तिर नै बुवा सुदुुर पश्चिममा शहिद हुनुभएको पहिलो खबर आयो । त्यसपछि हामीलाई शहिद परिवार भनेर धेरै मान्छेहरू भेट्न आउँथे । बुवाको मृत्युको खबरपछि ममिले पनि ‘घर छोड्ने’ निर्णय गर्नुभयो । सायद एउटी असल नारीको महानता त्यही होला । ममि भन्नुहुन्थ्यो, ‘देश र जनताको लागि उहाँले रगत बगाउनुभयो, त्यसको बदला लिन्छु’ र युद्धमा निस्कनुभयो । बुवाको मृत्युको खबर । त्यससँगै ममिले पनि घर छोड्नु । यी सबै हाम्रा लागि कठिन बन्दै गए । माईली बहिनी म र साईली थियौं । ममीले पनि घर छोडेपछि उनीहरू सबैको जिम्मेवारी मेरो काँधमा आयो । हामी सबै काईलाबासँग बस्यौं । हाम्रो घरमा भने, आउन जान प्रतिबन्ध थियो ।

६ महिनापछि ‘शहिद’ बुवाको चिठी..
ममिले घर छोडेको ६ महिनापछि बुवाको चिठी आयो ‘म ठीक छु भनेर’ । तर शहिद परिवार भनेर भेट्न आउने मान्छेहरूको क्रम रोकिएको थिएन । एकातिर शहिद परिवार भेट्नेहरुको लाईन, अर्कोतिर ‘शहिद भनिएको बाबाको चिठी । यी सबै हामी बुझ्ने सक्दैन थियौं । चिठी ममिको नाममा आएको थियो तर उहाँ युद्ध मोर्चामा हुनुहुन्थ्यो । काईलाबाले पढेर सुनाउनुभयो । त्यो चिठी सुनेर हामी अचम्ममा पर्यौं । पत्याउन सकिने अवस्था भने थिएन । हामी पूर्व खबरमै विश्वस्त थियौं ।
शहिद हुनुभएको खबर आएको करिब एक वर्षपछि बुवा घरमै आउनुभयो । त्यतिबेला ममि पनि आउनुभएको थियो । उहाँहरूबीच घरमै भेट भयो । शहिद भएका बुवा, र त्यसको बदला लिन हिँडेकी आमाको जम्काभेट त्यो जीवनको संयोग थियो ।
५८ सालमा बुवाले वहिनीहरूलाई सुदुर पश्चिम लिएर जानुभयो । म एक्लै परेँ त्यतिबेला नरमाईलो लाग्यो । घरमा बस्ने अवस्था थिएन । ‘सेना आयो’ भनेपछि घर छोडेर भाग्थौं । काईला बाले हामीलाई स्याहार्नु हुन्थ्यो । तर बुवाआमाको मायाँ कस्तो हुन्छ, भन्ने हामीलाई थाहा थिएन । ५९ सालमा बुवाले मलाई पनि सूदूरपश्चिम लिएर जानुभयो ।
अपरिचित बहिनीहरू..
हामी सुदुरपश्चिम गएपछि ‘बहिनी बहिनी’बीच पनि चिनजान भएन । हामी अछाम जाँदै थियौं । बुवा बाटोमा विरामी हुनुभयो । हामीलाई कालीकोट कालिकोट पठाएर छाडेर आफ्नो कार्यक्षत्रमा जानुभयो । कालीकोटको मालकोटमा पढ्ने व्यवस्था मिल्यो । खाना खानको लागि घरघरमा चहार्नु पथ्र्यो ।
कालिकोटको कोटबाँडामा सैनिक क्याम्प पनि थियो । बालसंरक्षण त्यहाँ छ भनेर त्यहाँ धेरै टर्चर हुन्थ्यो । त्यसपछि ममीहरूले बालसंरक्षणलाई कालिकोटकै मम्रा भन्ने स्थानमा पुर्याउनुभयो । म चाँही प्रकाश जनवादी विद्यालयमै थिएँ । ममी बहिनीलाई लिन कैलाली जानुभयो तर उ आउन मानिन । ‘म जान्न मेरो बुवा ममि यतै छ’ भन्थि । बहिनीले ममीलाई ‘मोटी आन्टी आउनु भएको छ’ भन्थि रे । नाम अस्मिता सापकोटा भन्थि । उ सापकोटाको घरमा बस्थि त्यसैले । ममीले शहिद, घाइते अपांग परिवारका बालबालीका पढाउन बाल संरक्षण खोल्नुएको थियो । १६९ जना बच्चाहरू थिए । ममी कैलाली गएपछि माईली बहिनी संगीताले बालसंरक्षण केन्द्र सम्हाल्नु पर्यो । ८ वर्षकी बहिनीले १६९ जना बालबालीकाको रेख–देख गर्नु पर्ने थियो । मलाई भने जनवादी विद्यालयमा छाडिएको थियो ।
बाबा सहिद भएको दोस्रो खबर
फेरी बाबा जाजरकोटमा सहिद भएको खबर आयो । बाबा सहिद भएको खबर ‘कन्फर्म’ गर्न ममी जानुभएको हो । यो खबरले ममि कति अतालिनु भयो होला । ठाउँ अर्कै थियो चिनजान थिएन । भाषा बुझ्दैन थियौं । कोसँग बस्नेकोसँग बोल्ने कोहि थिएन । बुवाको मृत्युको दोस्रो खबरपछि हामी दिदिबहीनीहरु एकै ठाउँमा बस्ने निधो भयो । एउटी बाहिनी कैलाली थिइन् । उसलाई ल्याउने अवस्था मिलेको थिएन । साईली बहिनी लिनको लागि कैलाली गयौं । त्यतिबेला माओवादीमा साइनो भनेको फूपु र अंकल थियो । जसलाई भेटेपनि फूपु या अंकल भन्नुपर्ने थियो । ‘साहिली बहिनीले ‘फूपु नमस्ते’ भनि मैले फर्काएँ । हामीबीच चिनजान थिएन । दिनभरि खेल्यौं । बेलुका भएपछि मैले ममिलाई सोधेँ खै त बहिनी । ममीले खेल्ने साथीलाई ईसारा गर्दै बहिन ‘उ’ हो भन्नुभयो । सँगै खेल्ने फूपु त मेरो बहिनी पो रहेछ । त्यतिबेला मलाई निकै नरमाईलो लाग्यो । आफ्नो भाईबहिनीलाई पनि चिन्न नपाउने कस्तो जीवन जिउँदैछु भनेर दुख पनि लाग्यो । हामी बहिनीलाई लिएर सिमली हुँदै अछामको बाटो आयौं ।

शहिद बुवाको दोस्रो टेप

बुवाको मृत्युको खबर प्रति हामी विश्वस्त थियौं । बुवाको टेप आयो । हामीहरु म, संगीता, अश्मिता र मनिषा थियौ । टेपमा चार बहिनीहरूलाई सम्बोधन गरिएको थियो । हामीलाई पत्यार लागेको थिएन । हामी बहिनी लिएर कालिकोट आउँदासम्म बाबा हुनुहुन्न भन्ने नै थियो । क्यासेट सुन्यौं, क्यासेटमा भन्नुभएको थियो,–‘मेरी जेठी छोरी तिमीलाई धेरै धेरै सम्झना छ । हामी वर्ग संघर्षमा छौं । यतिबेला जे पनि हुनसक्छ । आफ्नो ख्याल गर्नु । ममीलाई सम्हालेर राख्नु । युद्धको बेला कुनै कारणबस्, केही भयो भने परिवारको जिम्मा तिमीलाई सुम्पेको छु । तिमी मेरो जेठो छोरा पनि हौ । यदि केही भयो भने जुन बाटो मैले रोजेको छु । त्यो राम्रो छ भने कहिले पनि नछोड्नु ।’ सबै बहिनीहरूलाई त्यसरी नै सम्झाउनुभएको थियो ।
त्यसपछि हामी कालिकोटमै बस्यौं । ममीले बालसंरक्षण चलाइरहनुभएको थियो । म जनवादी विद्यालयमै पढेँ । शहिद बुवाको सम्झनामा म कविता लेख्थेँ ।
 

को फूल्छ र झरेपछि
फूल्नेगरि झर्यौ तिमी
को बाँच्छर मरेपछि
बाँच्नेगरि मर्यौ तिमी
पहाडभन्दा माथि हिमाल
हिमालभन्दा माथि तिमी
कठोर दिमाग, बहादुर छोरा
ज्याद दिने विर शहिद हौ तिमी….

काल  मार्क्सको जीवनी पढेँ
म प्रकाश नमुना जनवादी विद्यालयमा पढ्थेँ । हामीलाई बुर्जवा शिक्षा पढ्नु हुन्न भनेर अरु नै पढाइन्थ्यो । मैले जनवादी विद्यालयमा ५ देखि सात कक्षासम्म पढेँ । त्यतिबेला सामाजिक शिक्षामा लेखिएको पृथ्वी नारायण शाहको जीवनीहरू हामीले पढेनौं, त्यसको सट्टा हामीलाई काल  मार्क्सको जीवनी पढाइन्थ्यो । एंगेल्स लेनिन र स्टालिनको जीवनी मलाई थाहा छ । सरहरूले पनि मेरो नाम चेन्ज गरिदिए । मेरो खास रियल नाम अनिता हो । उहाँहरूले जनवादी नाम राखिदिनुभयो, ‘विजया’ ।

 

त्यहाँ पनि बुवा सहिद भएको खबर आयो । ३२ जना जनसेनाको मृत्यु भएको खबर थियो । त्यो भिडन्तमा चाही ममिलाई पनि विश्वास लागेन । हामी कन्फर्म गर्न त्यतै गयौं । डोटीको विद्यापुर भन्ने ठाउँमा भेट भयो । त्यो भिडन्तमा बुवा मात्रै बाँच्नुभएको रहेछ । बुवाको हात खुट्टामा छर्रा थियो । कान्छि औँला चल्दैन थियो । नाक र मुखबाट रगत आइरहेको थियो ।

 

शहिद बुवा आउने खबर
कुवेर अंकल हुनुहुन्थ्यो । उहाँ आउनुभयो । उहाँले बुवाबारे खबर गर्नुभयो, ‘तिम्रो बुवा केही महिनापछि आउनुहुन्छ, सुदुरपश्चिमको कैलालीमा हुनुहुन्छ । उहाँ सन्चै हुनुहुन्छ ।’
रम्बापुरमा लडाई भयो । त्यहाँ पनि बुवा सहिद भएको खबर आयो । ३२ जना जनसेनाको मृत्यु भएको खबर थियो । त्यो भिडन्तमा चाही ममिलाई पनि विश्वास लागेन । हामी कन्फर्म गर्न त्यतै गयौं । डोटीको विद्यापुर भन्ने ठाउँमा भेट भयो । त्यो भिडन्तमा बुवा मात्रै बाँच्नुभएको रहेछ । बुवाको हात खुट्टामा छर्रा थियो । कान्छि औँला चल्दैन थियो । नाक र मुखबाट रगत आइरहेको थियो । बुवाले ममिलाई सम्झाउनुभयो,–‘यस्तो अवस्थामा छोरीहरुलाई किन ल्याएको ?’
ममीको प्रेसर बढ्यो । त्यतिबेला नै ममि बेहोस् हुनुभएको थियो । बुवालाई अरु सेनालाई जस्तै त्यहाँ नै उपचार गरियो । त्यतिबेला हामीले बुवालाई चिनेका थियौं । साईली बहिनीले भने चिनेकी थिइन । उसको फेस गोरो थियो, किनकी उ बाहुनको घरमा बस्थि । बुवाको अनुहार कालो थियो । उ बुवाको छेउमा जाँदैनथि । ‘कालो सर्छ’ भनेर । पछि बाबा हो भनेर ममिले चिनाएपछि धेरै नजिक जाँदैनथि, तर बोल्थी ।
पिली आक्रमण

२०६३ पिली आक्रमण भयो । बुवा पनि सामेल हुनुहुन्थ्यो । तर हामीलाई थाहा थिएन । हामी घर जाने सोचमा थियौं । त्यो बीचमा बुवा र ममीको कुरा हुन्थ्यो । ‘छोरीहरूको दिमागमा नकारात्मक असर परिसक्यो । अब कति चोटी तपाईं सहिद भएको खबर सुनाउनु’ ममि भन्नुहुन्थ्यो ।

युद्धबाट घर तिर
६३ सालमा हामी रुकुमको गुनाम आयौं । हामीलाई काईला बाकोमा छाडेर बुवा र ममि कार्यक्षेत्र फर्किनुभयो । त्यतिबेला हामीलाई त्यतिबेला हामीलाई सुराकी हुन्छकी भन्ने निकै ठूलो डर थियो । समाजमा हेर्नेहरूको दृष्टिकोण फरक थियो ।
कालिकोटबाट मलाई रोल्पा पुर्याउँदा पढाइ पनिसँगै लैजानु थियो । भर्ना गर्न प्रमाणपत्र चाहिँदो रहेछ, हामीसँग थिएन । सर्टिफीकेट रुकुमबाट लिनुपर्ने भयो । तर सेकेन्ड डिभिजनको । मलाई मन परेन । ‘ममी म बरु पढ्दिन । फर्केकर कालिकोट जान्छु । म दोस्रो कहिल्यै भएको छैन’ भने । जनवादी विद्यालयले ‘हरेक चिजमा जितेर आउँछे भनेर मेरो नाम ‘विजया’ राखिदिएको हो । पछि फस्ट ब्वाईलाई जित्ने सर्तमा भर्ना भएँ । रोल्पाको थवाङ विद्यालयमा । जनवादी विद्यालयमा बुर्जुवा शिक्षा भनेर अंग्रेजि पढाइदैन थियो । त्यसलाई साम्राज्यवादीहरूको भाषा पनि भनिन्थ्यो । ‘यो विदेशी भाषा साम्राज्यवादी भाषा हामी पढ्न हुँदैन थियो । विस्तारवादीको भाषा प्रयोग गर्न हुँदैन भनिन्थ्यो । त्यसैले म अंग्रेजीमा कमजोर थिएँ । जनवादी विद्यालयमा ५ मा पढ्नेलाई ६ को हिसाब पढाउन लगाउनुहुन्थ्यो । त्यसैले म म्याथमा भने राम्रो थिएँ । पछि म फस्ट भएछु । सरहरूले तिमी कसको छोरी हौ भनेर सोध्नुभयो । ‘म गुनामको दलजीत विकेको छोरी हुँ भने ।’ त्यहाँ मलाई काइलाबाको छोरी बनाएर भर्ना गरिएको थियो । ‘दलजित त यो विद्यालयको सबैभन्दा राम्रो विद्यार्थी हो नी,’ सरले काँडेतार देखाउँदै भन्नुभयो , ‘तिम्रो बुवाले विरेन्द्र राजासँग मागेको काँडेतार देखेका छौ ?’
भलिबल राम्रो खेलेपछि विरेन्द्र राजाले तिमी के चाहान्छौ भनेर सोध्नुभएको थियो रे, हेडसरले तिमीले स्कुलको लागि ‘तार माग’ भन्नुभएको रहेछ ।
‘यो तिम्रो बुवाले मागेको तार हो । हाम्रो स्कुलको सान भनेको तिम्रो बुवा हो,’ त्यतिबेला सरले भन्नुभयो ।

एसएलसी पछिका सपना

मैले एसएलसीमा फस्ट डिभिजनमा पास गरेँ । बुवा जनसेनाको चौथो डिभिजन भिसि हुनुहुन्थ्यो । शहिद घाइतेहरूको केयर गर्नको लागि मलाई स्टाफ नर्स पढाउने कुरा भयोे । बुवाको सपना पुरा गर्ने अठोट गरेँ । काठमाडौं आएँ । पुतलीसडकमा ब्रिजकोर्शको लागि भर्ना भएँ । त्यहाँ सबै बोर्डिङबाट आएका थिए । म मात्रै सरकारीबाट । सबै अंग्रेजी बोल्थे । त्यहाँ पनि मैले टप गरेँ । पिसिएलको लागि दुई ठाउँमा परिक्षा दिएँ । चक्रवर्ति कलेजमा छात्रवृतिमा नाम निस्कियो । त्यहाँ नै स्टाप नर्स पढेँ । फाइनल इक्जामको बेला ममि विरामी हुनुभयो ।
समायोजनको प्रक्रिया चलिरहेको थियो । ६८ साल भदौ २६ गते सेना समायोजनमा गयो २५ गते ममिलाई आइसियूमा राख्नु परेको थियो । त्यसै कारण बुवा समायोजनमा जानुभएन । मेरो परिक्षा चलिरहेको थियो । ममीलाई आईसियूमा छाडेर म परिक्षा दिन जान्थेँ । ममीलाई आसियूमा राखेको बेला ममिको ममि वित्नुभयो । त्यतिबेलै ममिको डाइलासिस् गर्नु पर्ने थाहा भयो । मेरो परिक्षा विग्रिए जस्तो लागेको थियो तर राम्रै भयो । ममीको रोगको कारणले मैले यही विषयमा पढ्ने निधो गरेँ । बनस्थलीमा रहेको राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा ३  महिने कोर्ष गरेँ । ममीको डायलाईसिश नै गर्नुपर्छ भन्ने मलाई लागेको थियो । ममीको डायलायसिश गर्नुपर्ने भयो । पहिले मैले केही विकल्प हुन्छकी भन्ने सोचेको थिएँ । डाइलाईसिश गर्दै गयो भने भेन कोल्याप्स हुँदै जान्छ । फेस कालो हुन्छ । निकै गाह्रो हुन्छ ।

दुर्भाग्य मेरो मृगौला आमाको शरिरमा ‘रिफ्युज’ भयो

ममिको मृगौलाले काम नगर्ने भइसकेको थियो । ममिलाई शिक्षण अस्पतालमा भर्ना गरियो । उहाँको अवस्था निकै चिन्ताजनक हुँदै गयो । उहाँलाई बचाउन कसैको मृगौला दिनुपर्ने भयो ।बाबाको रगत मिलेन । मैले दिने निर्णय गरेँ । रगत मिल्नुपर्ने हुन्छ । रगत जाँच गराएँ । ममी र मेरो ‘ब्लड’ मिल्यो । म त्यतिबेला निकै खुसी थिएँ । किन भने मैले आमालाई मृगौला दान गर्न पाएको थिएँ । आमालाई बचाउन पाएँ । पृथ्वीभन्दा महान आमालाई बचाउन पाउनु छोरीहरुको लागि सौभाग्य हो । यस्तो महसुश गर्दै थिएँ, ‘मलाई ममि र बुवाले जन्म दिनुभयो तर म त्यस्तो छोरी हुँदैछु, आफ्नै आमा जन्माउने, छोरी ।’ श्रीमान वितेको खबर पटक पटक सुनेकी आमा आफैपनि पटक–पटक मृत्युसँग जुधेकी थिइन् । त्यो मात्रै होइन, लडाईंको मोर्चाहरुमा कयौं हार बेहोर्दै ब्याटल जितेकी थिइन् । ‘ममि अब तपाईंलाई बचाउने मेरो कर्तव्य हो,’ आईसियु कक्षमा रहेकी आमालाई मैले भनेको थिएँ, ‘जन्माउनुभयो हुर्कानुभयो, युद्धका बेला समेत पढाउनु भयो ।’ उनी खुसी भइन् ।

 

म बेहोस भएछु । एकै चोटी पोस्ट अफमा ल्याएपछि बुवालाई देखेँ । बुवाको आँखामा आशु देखेँ । बुवाको आँखामा आसु आउने ठाउँ ब्लक भएको थियो । माइनर अप्रेशन गरिएको थियो । तर त्यो दिन कहिल्यै आँशु नझार्ने मेरो बुवाको आँखामा आँशु देखेँ । त्यो आँशु भित्र खुसी पनि थियो । हामीले आमालाई बचाएका थियौं । तर दुर्भाग्य केही दिनपछि मैले दिएको मृगौला मेरी आमाको शरिरले ‘रिफ्युज’ गरिदियो ।

चिकीत्सकको सल्लाहा अनुसार माघमा मैले मृगौला दिने भएँ । शिक्षण अस्पतालको शल्यक्रिया कक्षको ५०९ ए मा भर्ना भएँ । त्यो दिन जीवनमा मैले खुसीको शिखर चुम्दैछु भन्ने लागेको थियो । ‘मेरी आमालाई पूर्ण शरीर दिन नपाएपनि एउटा भाग दिन पाएको छु,’ यस्तै मनको एक कुनाबाट आइरहेको थियो । संयोगबस् ममि र मेरो भेट अपरेशन थिएटरमा भयो बोल्न पाएनौं । ‘विजया सिस्टर तपाईंको हात दिनु न,’ अपरेशन थिएटरमा डक्टरले भन्नुभयो, ‘यस्तो किन सोच्नुभयो ।’ हाँस्दै मेरो जवाफ थियो,‘ममिलाई बचाउन पनि सोच्नुपर्छ र ?’
त्यसपछि मलाई थाहा भएन । म बेहोस भएछु । एकै चोटी पोस्ट अफमा ल्याएपछि बुवालाई देखेँ । बुवाको आँखामा आशु देखेँ । बुवाको आँखामा आसु आउने ठाउँ ब्लक भएको थियो । माइनर अप्रेशन गरिएको थियो । तर त्यो दिन कहिल्यै आँशु नझार्ने मेरो बुवाको आँखामा आँशु देखेँ । त्यो आँशु भित्र खुसी पनि थियो । हामीले आमालाई बचाएका थियौं । तर दुर्भाग्य केही दिनपछि मैले दिएको मृगौला मेरी आमाको शरिरले ‘रिफ्युज’ गरिदियो ।