काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई पक्राउ गरेको हो । उनीहरु शनिबार राति पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।