/f;;sf] jflif{sf]T;j sfo{qmddf ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu'gM ;~rf/ tyf ;"rgf k|ljlwdGqL /]vf zdf{{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M rGb|snf If]qL÷/f;;
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छिन्।
रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारीसँगै कुनै पनि सञ्चार माध्यम भजनमण्डली बन्नु नहुने बताइन्।
उनले सञ्चार माध्यम सरकारले पनि सञ्चालन गरेको बताउँदै तिनीहरुलाई भजनमण्डली हुन नदिन अहिले प्रसारण ऐन बन्ने क्रममा रहेको बताइनृ । उनले ऐन बनेपछि रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा नयाँ वातावरण सिर्जना गर्नै बताइन्।
‘सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेका छन् । तिनीहरू भजनमण्डली हुनु हुँदैन भनेका छौँ,’ उनले भनिन्, ‘भजनमण्डली हुनुहुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’
मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चार माध्यमहरुले प्रसारण एवं प्रकाशन गर्नुपर्ने पनि उल्लेख गरिन्।