काठमाडौं । नेपाली कांग्रेस निकट शुभेन्छु संस्था नेपाल शिक्षक संघको ९औँ केन्द्रिय महाधिवेशन हुने भएको छ । खस्किदै गएको शैक्षिक आन्दोलन उठाऔं शिक्षकको स्तर र मर्यादा उकास्ने अभियान सफल पारौं भन्ने मूल नाराका साथ आगामी २८ गते देखि ३० सम्म हुने छ । उक्त महाधिवेशनबाट निर्वतमान केन्द्रिय उपाध्यक्ष गोकर्ण बानियाँलाई संस्थापन पक्षले सर्वसहमतिमा अध्यक्षमा अघि सारेको छ । नेपाली शिक्षक संघमा लोकप्रिय बानियाँ नेपाली कांग्रेसको संस्थापन पक्षका हुन् ।
ओखलढुङ्गा स्थायी घर भएका बानियाँ शैक्षिक एजेन्डामा खरो उत्रने शिक्षकमा पर्दछन् । देशभरीका करिब ६ सय संघीय महाधिवेशन प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनमा उनको पक्षमा शानदार बहुमत प्रतिनिधि रहेको एक शिक्षकले बताएका छन् । उदयपुर र सर्लाहीमा रोकिएको जिल्ला अधिवेसन र मधेश प्रदेशमा हुन नसकेको प्रदेश अधिवशन १–२ दिनमै सकेर केन्द्रको अधिवेसन सम्पन्न गर्न आग्रह गरिसकेको र केन्द्रिय अधिवेशनको तयारी व्यापक रूपमा भइरहेको अध्यक्षका प्रत्यासी बानियाँले बताएँ ।
उनका अनुसार हरेक प्रतिनिधिसँग आगामी दिनमा संघले उठाउने एजेन्डाका बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा छलफल भइरहेको बताए । शिक्षक महासंघले सरकार समक्ष ५१ बुँदे माग राखेको थियो । जसमा देशैभरिका शिक्षकहरुको समस्याको समाधानका लागि बानियाँले पहल गरिरहेका छन् । सोही कारण पनि प्रतिनिधिहरुले बानियाँलाई रुचाएका छन् ।
बानियाँसँगै अध्यक्ष पदमा लक्ष्मी किशोर सुवेदी, राजेन्द्र राज पौडेल र एनपी भूसाल लागायत पार्टीभित्रैका विभिन्न गुटबन्दीबाट उम्मेदवारी दिने तयारीमा छन् ।
युवराज पहाडी