तनहुँ । तनहुँ–१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।
वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन् । नेपाली कांग्रेसका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका हुन् । घिमिरे पनि तनहुँ–१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए ।