छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।
प्रहरीले संखुवासभाको खाँदबारी नगरपालिका–२ का ६७ वर्षीय गोपाल भट्टराईलाई पक्राउ गरेको छ । अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६७ मिलिग्रामसहित उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीको टालीले पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीको देवदह नगरपालिका–२ ढेकावारस्थित प्रतिक्षालयाबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–२ का २३ वर्षीय राजेश थाजा र सोही नगरपासलका–४ का २२ वर्षीय सिमान्त रायमाझी रहेका छन् । उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरीनीबाट खटिएको प्रहरीको टालीले पक्राउ गरेको हो ।

साथै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ सुनपुरबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय श्रावण तिमिल्सेना र २३ वर्षीय अनिल बुढालाइ रहेका छन् । उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएका संयुक्त टोलीले पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सिफारिस