सन्दीपका वकिलले निवेदन दिएपछि आज पनि भएन सुनुवाइ

दियोपोस्ट संवाददाता

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। इजलासले उक्त मुद्दा आज हेर्न नभ्याएको अदालतले जनाएको छ।

यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।

सम्बन्धित खबर

सिफारिस