उपेन्द्र यादव ओलीको प्रश्न– जितेपछि फूलमाला लगाउने बाहेक के गर्नुहुन्छ?

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका उपेन्द्र यादवले जितेर केही नगर्ने बताएका छन्। चुनावी सभाका लागि सोमबार बाराको गढीमाइ पुगेका उनले उपेन्द्र यादवले जितेपछि फूलमाला लगाउने बाहेक केही नगर्ने बताए।

‘उहाँ जितेर के गर्नुहुन्छ? उहाँले जितेपछि फूलमाला र अबिर लगाउने बाहेक के गर्नुहुन्छ? मन्त्री खानुहोला। मन्त्री खानुहुन्छ, त्योभन्दा बढी के गर्नुहुन्छ? विकास गर्नुहुन्छ? उहाँबाट विकास हुन्छ?’, उनले भने।

यादव पहिले मोरङ, सुनसरी र सप्तरीबाट चुनाव हारेपछि बारामा सोझा जनता छन् भनेर बारामा आएको ओलीले कटाक्ष गरे।

ओलीले यादवलाई चुनावका बेलामा आपत् परेका बेला एमालेले साथ दिएको तर, पछि भूमिका बदलेको बताए। ‘अस्ति उहाँलाई आपत् परेका बेला, सबैले छाडेका बेलामा, उहाँलाई कांग्रेसले छोड्यो, माओवादीले छोड्यो, अरुले छोडे। त्यसबेला नेकपा एमालेले आऊ मिलेर सँगै जाऔँ, हामी साथ छौँ भनेर लिएर गयौँ। माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लै देखिन थाल्यो’, उनले भने।

सिफारिस