काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् ।
जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यक्ता रहेको बताएका हुन् ।
बाराको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने,‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’