सिक्टा सिंचाईको भ्रष्ट्राचार मुद्दामा सफाइ दिने न्यायाधीशलाई कारबाही गर्न सांसदको माग

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्।

उनले भरतपुरको बीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेसिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गरे।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक र उपनिर्देशकले क्यान्सर उपचारका लागि मेसिन खरिदका लागि प्राप्त सरकारी बजेट १५ करोड ४५ लाख र स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राफी मेसिन खरिदको लागि प्राप्त सरकारी बजेट ३ करोड कर्मचारी तलबमा खर्च गरेको विषय उठाए।

‘बिरामीलाई निजी अस्पतालमा पठाएको समाचार छ। अस्पताल नेपाली कांग्रेसको भन्ने सुनियो। सत्ता पक्ष पनि हो ध्यान जानुपर्‍यो’, सांसद सुवालले भने, ‘सिक्टा सिंचाई आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माण अघि माटो परीक्षणमा त्रुटी भएको, फिजिबिलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको। निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई वेवास्ता गरि ८ अर्ब भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको मागदाबीविरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैनरु भनेर जनताले आवाज उठाइरहेका छन्।’

सिफारिस