मोहन वैद्य र धर्मेन्द्रको पार्टीबीच एकता हुँदै

दियो पोस्ट  

काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीच एकीकरण घोषणासभा राखिएको छ ।

सिफारिस