चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं । सरकारले नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले सिफारिस गरेका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको स्रोतले बतायो ।

चैत १३ गते चारै जना डीआईजीलाई एआईजीमा बढ्वा गर्न बढुवा समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।