माओवादीका दुई घटकबीच पार्टी एकता, वैद्य र बाँस्तोला एकै ठाउँमा

दियो पोस्ट  

काठमाडौं । माओवादीका दुई घटक दलबीच एकता घोषणा भएको छ । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएका थिए ।

कार्यक्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलगायतका नेताहरु उपस्थित थिए ।