काठमाडौं । श्री जयन्ती निर्माण सेवा कम्पनीका संचालक खगेन्द्र बुढामगर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढामगरलाई पक्राउ गरेको हो।
ठेकेदार बुढामगरले काटेका २ करोड रुपैयाँभन्दा बढी रकमका ४ वटा चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् दबाब दिँदै रिहा हुन खोजे पनि उनको प्रयास सफल हुन सकेको छैन। नछुट्ने भएपछि अस्पताल भर्ना हुन भन्दै उनले दबाब समेत दिएको परिसर स्रोतले जनाएको छ। अहिलेसम्म भने उनी परिसरकै हिरासतमा छन्। रोल्पाको गाम निवासी बुढामगर राजनैतिक शक्तिकेन्द्रसँग निकट रहँदै सेटिङमा ठूला–ठूला आयोजनाहरूको ठेक्का पाउन सफलल व्यक्ति हुन्।