नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ

दियो पोस्ट  

काठमाडौं । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्‍याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन ।

ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।