महानगर पुनः बस्ती उठाउन आएपछि सुकुमबासी टायर बालेर विरोधमा

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुनः बस्ती हटाउने तयारी गरेपछि सुकुमबासीहरु विरोधमा उत्रिएका छन् । नगर प्रहरी आउन लागेको खबर पाएपछि बागमती करिडोरका सुकुमबासीले टायर बालेर प्रदर्शन गरेका हुन् ।

करिडोरको बानेश्वर क्याम्पस–सिनामंगल क्षेत्रमा टायर बालेर र ढुंगा राखेर उनीहरुले महानगरको टोलीको बाटो रोक्ने प्रयास गरेका छन्। यस क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।