काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्य प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला पनि प्रेस सल्लाहकार थिए ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले आचार्यलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । यसअघि प्रेस विज्ञका रूपमा मनहरी तिमिल्सिना नियुक्त भइसकेका छन् ।