देउवाको दाबी : कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना छ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टी निकट नेपाल शिक्षक संघको ९औं संघीय महाधिवेशनमा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनमा पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवास्था नरहेको बताए ।

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । ‘अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ’

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

सम्बन्धित खबर

सिफारिस