पक्राउ परेका चक्रे मिलनका बडीगार्डलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश

दियोपोस्ट संवाददाता

काठमाडौं । प्वाइन्ट टु–टु सहित पक्राउ परेका गुण्डा नाइके भनेर चिनिने चक्रे मिलन (मिलन गुरुङ)का बडीगार्ड गणेशबहादुर बोगटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश जिल्ला प्रशासन कार्यालय बाँकेले आदेश दिएको छ।

अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न सीडीओ कार्यालयबाट मंगलबार अनुमति भएको जिल्ला प्रहरी कार्यालयका बाँकेका एसपी तथा प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बताए। कति दिनको म्याद थप भएको हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

लाइसेन्स लिएर हतियार राखेको भए पनि उक्त हतियार अन्य ठाउँमा पनि दुरुपयोग गरिएको छ–छैन भनेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । दुरुपयोग गरिएको अवस्थामा सीडीओ कार्यालयले बोगटीको हतियारको लाइसेन्स नै खारेज गरेर हतियार फिर्ता गराउन सक्नेछ। सोही अनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

ल्क्ष्ःद्य
गुण्डा नाइके गुरुङको बडीगार्ड बन्दै हतियार बोकेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएको छ। उक्त समाचार दियोपोष्टसँगै विभिन्न मिडियाले प्रकाशन गरेपछि सोमबार राति नै बाँके प्रहरीले बाँकेको चिसापानीबाट गुरुङलाई पक्राउ गरेको थियो।

यो पनि

हतियार देखाउदै हिँड्ने चक्रे मिलन समूहका एक पक्राउ