१५ वर्षीया किशोरी बलात्कृत, टोखाबाट एकजना पक्राउ

दियो पोस्ट  

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।